कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघको नयाँ कार्यसमिति गठन
थमन गुरुङ, भुपु सचिब ताङतिङ युवा क्लब ।
भदौ ३१ गते । ताङतिङ मितेरी संघ ताङतिङ कास्कीको नयाँ कार्यसमिति गठन गरिएको छ । मादी गाउँपालिका वडा नं.-२ ताङतिङको माखु स्थित सामुदायिक सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
विशेष गरि ताङतिङ गाउँको जिवनस्थरलाई उकास्न ताङतिङ मितेरि संघ यु.के.सँगको मित सम्बन्ध र सहयोगलाई कसरी निरन्तरता र अझ प्रगाढ बनाउने साथै दुई संघ विच भएका र अब हुने कार्यक्रम तथा प्रस्तावनाहरुको कार्यन्वयन के कसरी प्रभावकारी गर्दै सफल बनाउन सकिन्छ भन्ने मुल उदेश्य रहेको थियो। मादी गाउँपालिका वडा नं.-२ का वडाध्यक्ष एकजंग गुरुङको सभापतित्वमा ताङतिङ मितेरी संघ यु.के. (TTA) का ट्रष्टी, लण्डन बार्नेट नगरपालिकाका निवर्तमान उपमेयर तथा ताङतिङ समाज यु. के. का अध्यक्ष साथै यहि गाउँका भुमी पुत्र यस कार्यक्रमका प्रमुख अतिथि लक्ष्य बहादुर गुरुङ रहनुभएको थियो। विशिष्ट अतिथिहरु ताङतिङ कल्याणकारी कोषका अध्यक्ष तथा समाजसेवी मेजर बालासिङ गुरुङ, भु. पु. प्रधानपञ्च तथा समाजसेवी देविजंग गुरुङ साथै अतिथिहरु समासेवी तथा ताङतिङ युवा क्लवका भु.पु. अध्यक्ष डिल्लीजंग गुरुङ, ताङतिङ युवा क्लवका निवर्तमान अध्यक्ष तथा युवा नेता भोज बहादुर गुरुङ साथै अतिथी शिक्षिका हिरादेवी गुरुङ लगायतले विगतको ताङतिङ र मितेरी सम्बन्ध पछिको बिकाशोन्मुख वर्तमानको ताङतिङ गाउँमा भएका धेरै परिवर्तन साथै विकास, सहयोग, खुशिको अनुभुत सँगै दुई संघ बिचको भावी योजना, प्रस्तावना र कार्यन्वनकोवारेमा आ-आफ्नो धारणामा खुलेर प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी गुरुङले करिव १४ वर्ष अघि सन २००७ (वि.सं. २०६४) मा स्थापित मितेरी गाउँ ताङतिङलाई मितेरी संघ यु. के.ले गरेका सहयोगहरु जस्तै,Tangting Day care centre, विधार्थिहरुलाई छात्राबृद्दी, पर्यटन प्रवर्द्धनको लागि सहयोग, ताङतिङ चैत्र मेलामा पुरस्कार प्रायोजन, विभिन्न स्वास्थ्य सिविर सन्चालन, विभिन्न विकासका योजनामा सहयोग, विभिन्न क्षेत्रमा आवद्ध ताङतिङ गाउँका सदस्यहरुलाई यु के भ्रमणको लागि प्रायोजक, एकल महिला तथा पुरुष साथै दु: ख बिमार परेका धेरै गाउँका सदस्यहरुलाई आर्थिक सहयोग, स्वास्थ्य सामाग्री तथा क्वारिन्टिनको लागि सहयोगका वारेमा साथै विशेष गरि वेरोजगार तथा पौरखी युवा प्रोत्साहनको लागि मितेरी संघ यु के (Tangting Twining Association UK) को तर्फबाट भावी प्रस्तावनाहरु जस्तै, TTA ले गाउँमा किनिराखेको दुइवटा घर मध्ये सुजि घरलाई home stay र अर्को घरलाई गुरुङ संग्राहलय बनाउने सम्बन्धमा, व्यापार, व्यवसाय, तथा कृषि क्षेत्रमा सुलभ ऋणको व्यवस्था, पर्यटन गाइड र पर्यटक भरिया तालिमकोवारेमा साथै ताङतिङ सामुदायिक समाजसेवी सम्मान पुरुस्कारको योजना रहेको वारेमा प्रष्ट पार्नुभएको थियो । सबै गाउँलेको माया, अशिर्वाद र यहाँको दैवी शक्ति पैगु स्योल्दों, नौचु फिचुको अशिर्वादले आफू त्यो पदसम्म पुग्न सफल भएको र आफू यसै स्वर्गरुपी गाउँको भुमिपुत्र भएकोमा गर्व महशुस गर्दै सबै गाउँले भेट्ने मौका मिलेको र आउँदा दिनहरुमा पनि फेरि समय अनुकुल मिलाएर भेट्ने वाचा गर्दै विदा हुनुभयो ।
अन्तमा ताङतिङ मितेरी संघ ताङतिङका नयाँ सदस्यहरु क्रमश, अध्यक्ष- रोसमाया गुरुङ, उपाध्यक्ष- कमला गुरुङ, सचिव – बिन गुरुङ, सह- सचिव- पुर्ण सुबा गुरुङ, कोषाध्यक्ष- चित्रमान गुरुङ, सह कोषाध्यक्ष- धनमाया गुरुङ, सदस्यहरुमा निलकुमार गुरुङ, यनिक गुरुङ, ईन्द्र वि. क.,चिनिमाया गुरुङ, र संचार संयोजकमा होम गुरुङ साथै सल्लाहकारमा ओम प्रकास गुरुङ, मेजर बालासिङ गुरुङ, वडाध्यक्ष एकजंग गुरुङ, ओम कुमारी गुरुङ र पुष्टिमाया गुरुङलाई बधाई दिनु हुँदै गाउँलेलाई मायाको चिनो स्वरुप कार्यक्रममा उपस्थित प्रत्येक घरका सदस्यलाई एक प्याक मास्क र सेनिटजर साथै ताङतिङ युवा क्लवलाई खेलकुद सामाग्री र नामार्जुङ स्वास्थ्य चौकीलाई केही स्वास्थ्य सामाग्री बितरण गर्नुभयो।कार्यक्रमको उत्तरार्द्धमा सभापति एकजंग गुरुङले प्रमुख अतिथी लक्ष्य बहादुर गुरुङको वारेमा खुलेरै प्रशंसा सहित उहाँको आफ्नो गाउँप्रतिको माया, निरन्तर आर्थिक तथा भौतिक सहयोगको लागि धन्यवाद दिनु हुदै कार्यक्रम समापन गर्नुभयो ।
आजको सो कार्यक्रममा स्वागत मन्तव्य ताङतिङ मितेरी संघ ताङतिङ कास्कीका निवर्तमान अध्यक्ष, वरिष्ट समाजसेवी, श्री हिमालय मा.वि. ताङतिङका प्रध्यानाध्यापक ओम प्रकाश गुरुङले राख्नु भएको थियो भने कार्यक्रम उदघोषक ताङतिङ युवा क्लवका भु.पु. सचिव तथा नृत्य निर्देशक, कलाकार थमन गुरुङ रहनुभएको थियो ।