ताङतिङ समाज युकेको बार्षिक साधरण सभा-२०२३ भव्य सम्पन्न

२३ डिसेम्बर २०२३ साल शनिबार

स्याफरोन वाल्डेन, इसेक्स

कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ पुख्र्यौली घर भई संयुक्त अधिराज्यभर (युकेभरी) छरिएर बसोबास गरिराख्नुभएका ताङतिङकेहरुको साझा समाज वा संस्था ताङतिङ समाज युकेको बार्षिक साधरण सभा–२०२३ इसेक्स स्थित कार्भर ब्यारेकको विम्बीस भिलेज हलमा अत्यन्तै स्वादिष्ट भोजनका साथ भब्य सम्पन्न भएको छ ।

ताङतिङ समाज युकेको अध्यक्ष श्री तर्कजङ गुरुङको अध्यक्षतामा सम्पन्न सभामा समाजको संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीइज्यु, समाजको भुपु अध्यक्ष तथा ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ बेलायतको अध्यक्ष केश बहादुर गुरुङज्यु तथा निबर्तमान अध्यक्ष तथा निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य गुरुङले समाजको बार्षिक साधरण सभाको सफलकताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

समसामयिक बिषय र प्रस्तावनाहरु (एजेन्डाहरु) उपर छलफल गर्दै समाजले २०२४ सालको बार्षिक भेला २०२४ साल जुलाई २० तारिख शनिबार र अर्को बर्षको बार्षिक साधरण सभा डिसेम्बर २१ तरिख २०२४ साल शनिबार गर्ने निर्णय गरेको छ । त्यस्तै बिधान सम्बन्धमा बिधान संशोधन समितिको संयोजक भुपु अध्यक्ष केश बहादुर गुरुङले प्रस्तुत गर्नुभएको संशोधनहरुमा सहमति जनाउँदै सभामा सिफारिस भएका बुँदाहरुलाई समेट्दै बिधानलाई संशोधन गरी अन्तिम रुप दिने निर्णय गरियो । त्यस्तै समाजले हाल प्रचलनमा रहेको स्योंरालाई भेटीमा परिणत गर्ने र समाजको सदस्यहरुलाई आर्थिक रुपमा केही सहयोग होस् भन्ने वा गर्ने उद्धेश्यका साथ अर्कै आवधारणाको स्योंरा गर्ने निर्णय गरियो । यसका लागि आबश्यक निति नियमहरु बनाईसकेपछि लागु गर्ने निर्णय गरियो ।

समाजले २००६ सालमा तोकेको बार्षिक शुल्क समय र महंगीलाई ख्याल गर्दै परिमार्जन गर्नुपर्ने देखिएकोले हाल कायम एनुयल सब्सक्रिप्सन फी (बार्षिक शुल्क)लाई बढाउने (बृद्धि गर्दै) निर्णय गरेको छ र अगामी जनवरी १ तारिख २०२४ सालदेखि नै लागु गर्ने निर्णय गरियो । त्यस्तै समाजले अन्य देशबाट युके घुम्न आउनुभएका सदस्यहरुलाई स्वागत तथा भेटघाट गर्ने सम्बन्धमा– राष्ट्रिय स्तरमा परिचित, निर्बाचित जनप्रतिनिधिहरु र संघसंस्थाका अध्यक्ष उपाध्यक्ष बाहेक अन्य परिवारिक भ्रमणमा आउनुभएको सदस्यहरुलाई स्वागत तथा भेटघाट नगर्ने निर्णय गरियो । साथै, हाल कायम रहेको सौगात अथवा सौजन्य (गिफ्ट) दिने प्रचलनलाई अब आएयता निरन्तरता नदिने निर्णय गरेको छ ।

उक्त बार्षिक साधरण सभामा अध्यक्ष तर्कजङ गुरुङज्युले अध्यक्षको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष राजेश गुरुङज्युले समाजको बार्षिक आर्थिक प्रतिबेदन र महासचिब टौ गुरुङज्युले समाजले बर्षैभरि गरेको बैठकहरु तथा उक्त बैठकहरुका निर्णयहरुलाई स्मरण तथा संक्षिप्त पुनः जानकारी गराउनुभएको थियो ।

अन्त्यमा समाजका अध्यक्ष श्री तर्कजङ गुरुङज्युले उपस्थित सबैलाई धन्यबाद दिंनुहुँदै समाजको सामन्य भेटघाट, बार्षिक भेटघाट, बार्षिक साधरण सभा र अन्य कार्यक्रमहरुमा सदस्यहरुले दिंदै आइराख्नुभएको साथ र सहयोगको लागि समग्रमा संलग्न सम्पुर्ण सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो । उहाँले बार्षिक साधरण सभालाई भब्य पूर्वक सफल बनाउन पूर्वतयारी देखी सम्पन्न नभएसम्म अहोरात्र खट्नु हुने समाजका सम्पूर्ण अग्रजहरु, कार्यसमितिका पदाधिकारीहरु र बिशेष गरेर क्याम्ब्रिज स्याफरोन वाल्डेन निवासी गाउँले सदस्यहरुलाई हार्दिक सम्मान तथा आभार प्रकट गर्नुभयो ।

बार्षिक साधरण सभाको अध्यक्षता समाजको अध्यक्ष तर्कजङ गुरुङले गर्नुभएको थियो भने सभा संचालन महासचिब टौ गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रमको लागि स्याफरोन वाल्डेन निवासी श्रीमती धनमाया गुरुङ तथा चन्द्रकला गुरुङले अत्यन्तै अत्यन्तै स्वादिष्ट (मुखै रसाउने) भोजन प्रायोजन (निःशुल्क उपलब्ध) गराउनुभएको थियो । त्यस्तै संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ, भुपु उपाध्यक्ष तथा बर्तमान सांस्कृतिक तथा मनोरन्जन संयोजक बखत गुरुङ, देब गुरुङ, पेरेन्द्रजङ गुरुङ, याम (राजु) गुरुङ, जेम्स गुरुङ र आशिक गुरुङले भेन्यु (स्थान) तयारी तथा साउन्ड सिस्टमको लागि सहयोग गर्नुभएको थियो ।

अन्त्यमा बार्षिक साधरण सभा२०२३ अत्यन्तै फलदायी र उपब्धिमुलक भएमा खुशी हुँदै मिठो ताजा अर्गनिक मुखै रसाउने खानाको निःशुल्क प्रबन्ध गरिदिनुभएकोमा श्रीमती धनमाया गुरुङ, श्रीमती चन्द्रकला गुरुङ तथा सपरिवारलाई धन्यबाद तथा आभर प्रकट गर्दै सबैजना बिदा भयौं ।