मादी नदीमा आएको बाढीको कारण कास्कीको उत्तरपुर्बी क्षेत्रहरुमा धेरै भौतिक संरचनाको नास

कास्की । गत तीन दिनदेखी परेको अबिरल बर्षको कारण मादी नदिमा आएको बाढीले कास्कीको उत्तरपुर्बी क्षेत्रहरु भैंसी, सबी, चाँसु, सोंधा र मैलाती आदि नदी तटिया क्षेत्रहरुमा धेरै मात्रामा भौतिक संरचनाहरुको नास भएको स्थानीयाहरुले बताएका छन । बिशेष गरेर त्यस क्षेत्रमा निर्माणधीन हाइड्रोपावरहरुलाई धेरै क्षति पुर्याएको छन भन्ने नदी तटिय क्षेत्रका बस्तीहरु पनि नदीको कटानका कारण बिस्थापित गर्नुपरेको छ ।

कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले १ अर्ब बढीको क्षति गरेको छ । बाढीले हाइड्रोमा इलेक्ट्रिक मेकानिकलको मात्रै ३० करोड बढीको क्षति गरेको छ । त्यस्तै ४ वटा इस्काभेटर, ४ वटा टिपर, २ वटा ट्रान्जिट मिक्सर, ६ कम्प्रेसर, ४५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट, ३ क्रसर, पावर हाउसको स्ट्रक्चरमा नदीले बगाएको छ । ‘अहिलेसम्म १ अर्ब बढीको क्षति गरिसकेको कुरा उक्त हाइड्रो पावरको अधक्ष्य पुष्पज्योती ढुंगानाले जानकारी गराउनुभयो । “क्षति अझै बढ्न सक्ने अनुमान छ, बाढीले अझै कति क्षति गर्छ थाहा छैन”- उनले भने ।

मौसमको प्रतिकुल ,

Posted by Ekajang Gururng on Tuesday, 15 June 2021

बाढीले मानबिय क्षति भने खासै गरेको छैन तर निर्माणधीन हाइड्रोहरुमा धेरै मात्रामा श्रमिकहरु काम गरिरहेका छन र उनीहरुको काममा बाधा पुग्ने निस्चित छ । बढीले त्यस क्षेत्रमा निर्माणधीन सिक्लेस हाइड्रो, नामार्जुङ हाइड्रो, अपर मादी हाइड्रो र सुपर मादीको हाइड्रोको ड्यामहरु भात्काएका छन । सुपर मादी हाइड्रोमा मात्रा ७ सय बढी श्रमिकहरु कार्यरत छन । श्रमिकहरुलाई स्थानीय गाउलेहरुको सहयोग र नेपाली सेनाको टोलिले निर्माणधीन स्थलबाट आज बिहान सकुशल उध्दार गरेको थियो । अहिले सबै श्रमिकहरु र कर्मचारीहरु भने सुरक्षीत रहेको छन ।

त्यस्तै बाढीले मादी १ सोंधामा ६ घर र मैंला ती (पदुखोला) मा २ गरि ८ घर सुरक्षित स्थानमा विस्थापीत भईसकेको छ । बाढीको कारण ताङतिङ परको कलबन्दी खोलामा फसेको १६० जना सुपर मादी हाइड्रोपावरको कामदारलाई स्थानीय र नेपाली सेनाको सहयोगले सकुशल उद्दार गरि ताङतिङको श्री हिमालय मिलन माबीको भवनमा सुरुक्षितसँग राखिएको कुरा मादी गाउपालिका वडा न २को अधक्ष्य एकाजङ गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ । उध्दार गरिएका कामदारहरुलाई ताङ्तिङ आमा समुहले खाजा र खानाको ब्यबस्था गरेको छ । अधक्ष्य गुरुङले- उद्दार कार्यमा खटिनु हुने गाउँले दाजुभाइहरु र पोखरा फुलबारी ब्यारेकको श्री भगवती दल गणका नेपाली सेनाको जवानहरुप्रति आभर ब्यक्त गर्नुभएको छ ।

ताङतिङ, सिकलेस, खिलाङ, तप्राङ, रोंया र घ्याप्रङको पाखाहरुमा पहिरो गएको र मादी नदीले नदी तटिय क्षेत्रहरुमा धेरै मात्रामा कटान गरिरहेको भिडियो तथा त्यस क्षेत्रका स्थानीयहरु सामाजिक सन्जालहरुमा पोस्ट गरेका छन । त्यस्तै बाढीले पोखरा ताङतिङ मोटरबाटो पनि ठाउँठाउँमा भत्काएको जानकारी पनि प्राप्त भएको छ ।

बिकास सँगै बिनास आएको र बिकास गर्दा बिशेष गरेर सम्भावित बातावरण र पर्यबरणिय असरहरुबारे गम्भिरताका साथ लिनुपर्ने र पालान गराउनु पर्ने जरुरत देखिन्छ । मादी गाउपालिकाको अधक्ष्य, त्यस क्षेत्रका वडा अधक्ष्यहरु, जन प्रतिनिधीहरु र सरोकारवालाहरुले सबैलाई सुरक्षित रहन र सजगता अपनाउन अनुरोध गर्नुभएका छन ।

फोटो तथा भिडियो सौज्नय- स्थानीयाहरुको फेसबुकबाट