एलिना गुरुङ्ग जिताऔं अभियान यूके समिति गठन

टौ गुरुङ्ग ।

लन्डन । नेपाल टेलिभिजमा प्रसारण भईरहेको वाइवाइद्धारा प्रायोजित “वाइवाई नेपाल स्टार” गायन प्रतियोगीतामा उत्कृष्ट ८ स्थानमा पुग्न सफल पुरानो ठेगाना कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङ्गतिङ्ग गाउँ घर भइ हाल पोखरा महानगर पालिका वडा नं. १३ निवासी एलिना गुरुङ्गलाई विजयी गराउन ताङतिङ समाज यूकेको सचिब टौ गुरुङ्गको संयोजकतामा एलिना गुरुङ्ग जिताऔं अभियान यूके समिति गठन गरेको छ । ताङतिङ समाज युकेको अध्यक्ष उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङ्गको प्रमुख पहलमा र समाजका अग्रजहरु— समाजको उपाध्यक्ष तर्क जङ्ग गुरुङ्ग, संस्थापक अध्यक्ष क्याप्टेन गौ बहादुर गुरुङ्ग एमबीई, निबर्तमान अध्यक्ष केश बहादुर गुरुङ्ग, सल्लाहकार केस बहादुर गुरुङ्ग तथा समाजको अन्य अग्रज व्यक्तित्वहरुको सहभागीतमा जुम मार्फत बैठक बसी यूकेमा एलिना जिताऔ अभियान यूके समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै समाजको युवा सदस्यहरु मेक प्रसाद गुरुङ्ग, राजेश गुरुङ्ग, केश ब. गुरुङ्ग (पिटर्सबर्ग), चौ गुरुङ्ग, रिता गुरुङ्ग तथा बुद्धि प्रसाद गुरुङ्ग सदस्य रहेका छन् । त्यस्तै लन्डन हेज निवासी एलिनाको काका( मनोकामाना एम्पोरियम साउथ हयारोको प्रोपाइटर गम बहादुर गुरुङ्ग र हेज निवासी कुश ब. गुरुङ्ग पनि सदस्य रहेका छन् ।

युके समितिमा समाजको अग्रजहरु केस बहादुर गुरुङ्ग क्याम्ब्रिज, संस्थापक अध्यक्ष क्याप्टेन (रिटायर्ड) गौ बहादुर गुरुङ्ग एमबिइ, निबर्तमान अध्यक्ष केश ब. गुरुङ्ग, ननिङ्गटन निवासी नोर ब. गुरुङ्ग, क्याम्ब्रिज निवासी समाजको अग्रजहरु( देब बहादुर गुरुङ्ग, बखत गुरुङ्ग, डमरसिंह गुरुङ्ग र पेरेन्द्रजङ्ग गुरुङ्ग सल्लाहकार रहेका छन् । त्यस्तै समाज भन्दा बाहिरको सल्लाहकारहरुमा एनआरएनए यूकेको अध्यक्ष श्रीमती पुनम गुरुङ्ग, तमु धिं युकेको अध्यक्ष नन्द जङ्ग गुरुङ्ग, तमु प्ये ल्हुँ संघ युकेको अध्यक्ष मेजर (रिटायर्ड) खुशीमान गुरुङ्ग, क्वोंने (घोतानेरघोण्डे) गुरुङ्ग (तमु) समाज युकेको अध्यक्ष अ.ले. (रिटायर्ड) चन्द्र ब. गुरुङ्ग, सिक्लेस पार्चे समाज यूकेको अध्यक्ष कोल प्रसाद गुरुङ्ग, खिलाङ्ग समाज यूकेको निबर्तमान अध्यक्ष यम प्रसाद गुरुङ्ग, याङ्गजाकोट परिवार यूकेको अध्यक्ष क्याप्टेन (रिटायर्ड) सुर्य प्रकास गुरुङ्ग, पोखरेली मन्च युकेको अध्यक्ष मान प्रसाद गुरुङ्ग तथा लमजुङ्ग समाज युकेको अध्यक्ष विश्वजङ्ग गुरुङ्ग रहेका छन् ।

यस समितिले यूकेमा रहेका विभिन्न समाजहरु र संस्थाहरुसंग समन्वय गरेर कसरी एलिनालाई जिताउन यूकेबाट वा यूकेमा रहनुभएको नेपालीहरुबाट सहयोग गर्न सकिन्छ भनि पहल र समन्वय गरिरहेको छ ।