ताङतिङ समाज यूकेको वार्षिक भेला सम्पन्न, अध्यक्षमा तर्कजङ गुरुङ

बेलायत । पुर्ख्यौली घर कास्की मादी गाउँपालिका ताङतिङ गाउँ भई हाल बेलायत निवासी ताङतिङकेहरुको साझा समाज “ताङतिङ समाज यूके”को वार्षिक भेला तथा समर बिबिक्यु कार्यक्रम-२०२२ क्याम्ब्रिज स्याफरोन वाल्डेन स्थित हाबर्ट फार्म खेल मैदानमा भब्य तथा सफल रुपमा सपन्न भएको छ । सोही कार्यक्रममा समाजको अध्यक्षमा निबर्तमान उपाध्यक्ष तर्क जङ गुरुङलाई औपचारिक रुपमा समाजको अध्यक्षमा सर्बसम्मत नियुक्ती (चयन) गरेको छ । साथै २३ सदस्य नयाँं कार्यसमिती पनि गठन गरेको छ । समाजले हरेक बर्ष आयोजना गर्ने वार्षिक भेला गत दुई बर्ष कोभिड १९ को कारण आयोजना गर्न नसकिएता पनि यस बर्ष भौतिक उपस्थितमा कार्यक्रम सफल रुपमा सम्पन्न गरेको छ ।

हाल बेलायत भ्रमणमा रहनुभएका ताङतिङ गाउँको अग्रज समाजसेवी भुपु गोर्खा मेजर बालासिङ गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा स्थायी बसोबासका लागि यूके आउनुभएका गाउँलेहरुलाई स्वागत गरेका थिए भने नयाँं घर, नयाँं सन्तान, विवाह, ग्राज्युसेन, नयाँ भर्ती भएका अनि जागीरमा पदोन्नती सदस्यहरुलाई समाजको तर्फबाट बधाई तथा शुभकामना दिइएको थियो ।

वार्षिक भेटघाट कार्यक्रममा निबर्तमान अध्यक्ष काउन्सिलर तथा निबर्तमान उप-मेयर लक्ष्य गुरुङले आफ्नो कार्यकालको बिबेचना गर्नुहुँदै समाजले गरेका उन्नतीहरुबारे पुन: स्मरण र जानकारी गराउनुभएको थियो । साथै उहाँले आफ्नो ३ कार्यकालभर सहयोग गर्नुहुने निबर्तमान तथा बर्तमान पदाधिकारीहरु, कार्यसमितिहरु र गाउँले सदस्यज्युहरुलाई धन्यवाद दिनुभएको थियो । ताङतिङ समाज यूके बेलायतमा एउटा पृथक पहिचान बनाउन सफल उदाहरणिय समाज भएको र यस समाजले यसरी नै अगामी दिनहरुमा पनि नयाँ नयाँ आयम वा किर्तिमान कायम गर्न सकोस भनी नवनिर्बाचित अध्यक्ष तथा कर्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

त्यस्तै नव-निर्बाचित अध्यक्ष तर्कजङ गुरुङले ताङतिङ समाज यूकेको एकतालाई यसरी नै कायम राखी आगामी कार्यकालमा पनि सबैको साथ सहयोग मिल्नेमा आफु विश्वस्त रहेको र अनुरोध गर्नुभयो । निबर्तमान अध्यक्षज्युले उल्लेख गर्नुभए जस्तै नयाँ कार्यसमितिले थप प्रभाबकारी योजनाहरु ल्याएर कार्यन्वयन गरी समाजलाई थप उच्चाईमा पुर्‍याउनुपर्ने सबैको जिम्मेवारी रहेको र यसप्रती आफ्नो प्रतिबध्दता ब्यक्त गर्नुभयो ।

समाजको संस्थापक अध्यक्ष क्याप्टेन गौ बहादुर गुरुङ एमबीई, निबर्तमान अध्यक्ष केश बहादुर गुरुङ, सल्लाहकार केस गुरुङ तथा सल्लाहकार जीत गुरुङ रहेको निर्वाचन समितिको सिफारिसमा समाजको अन्य पदाधिकारीहरुमा- उपाध्यक्ष जगदिश गुरुङ, महासचिब टौ ब गुरुङ, कोषाध्यक्ष राजेश गुरुङ, सचिब कृष्ण गुरुङ, सह-कोषाध्यक्ष केश ब गुरुङ, युवा संयोजकमा मेक प्रसाद गुरुङ, अर्मी प्रतिनिधिमा उमन गुरुङ, संस्कृति तथा मनोरन्जन संयोजक पेरेन (बखत) गुरुङ, मिडल्याण्ड प्रतिनिधि चौ गुरुङ लगयात २३ सदस्य कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको कार्यकाल चार बर्षको हुनेछ ।

कार्यक्रममा सिक्लेस पार्चे समाज यूकेको अध्यक्ष जीत गुरुङ र तमु प्ये ल्हु संघ यूकेको तर्फबाट क्षेत्रिय प्रतिनिधी श्रीमान श्रीमती मकन बहादुर गुरुङ उपस्थित हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा स्थानिय अटल्सफोर्ड डिस्ट्रिक्ट काउन्सिलको काउन्सिलर हिदर अस्कर, ताङतिङ मितेरी संघ यूकेको अध्यक्ष टिना नाइट, स्थानिय काउन्सिलरहरु, स्थानिय कार्भर ब्यारेकको सिओ (कमान्डिङ अफिसर) र उहाँको परिवार लगायत ताङतिङ मितेरी संघ यूकेका स्थानिय मीतहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा रफल ड्रा लगयात नाचगान अनि अन्य थुप्रै मनोरन्जनका कार्यक्रमहरु आयोजना गरिएको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता समाजकै अध्यक्ष काउन्सिलर लक्ष्य गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन समाजको महासचिब टौ गुरुङले गर्नुभएको थियो ।