मादी गाउपालिका वडा न २ को रोंया, नामर्जुङ र सेतीखोलाका जनतालाई राहत बितरण
कास्की । हिजो मिति ३१ जेष्ठ २०७८ साल सोमबार, साबिकको कास्की जिल्ला नामर्जुङ गाबिस वडा न ६ र ७ (नामर्जुङ, रोंया र सेतीखोला) हालको कास्की जिल्ला मादी गाउपालिका वडा नो २ को रोंया, नामर्जुङ र सेतीखोलाका जनतालाई नेपाली कांग्रेस मादी-२ (नामार्जुङ) समितीको संयोजनमा राहत बितरण गरिएको छ । विश्वब्यापी कोरोना महामारीको कारण दु:ख पाएका जनताहरुलाई राहत स्वरुप नेपाली काङग्रेस जनसम्पर्क समिती बेलायतको उपसभापति यूके निवासी तर्क जङ गुरुङको प्रमुख पहलमा ताङतिङ समाज यूके लगायत मादी २ को नेपाली काङग्रेसमा आस्था राख्नुहुने महानुभाबहरुको सहयोगमा राहत बितरण गरिएको थियो ।
रोंया, नामर्जुङ र सेतीखोला क्षेत्रको जम्माजमी ५० घर परिवारलाई प्रति परिवारलाई १ वोरा चामल, दाल, तेल, नुन, भिटामिन-डि, मास्क, सेनिटाइजर जस्ता खाध्यन्न र स्वास्थ्य सामग्रीहरु बितरण गरिएको थियो । त्यस्तै गरेर सेतीखोला स्थित स्वस्थ्यचौकिलाई अतिआबश्यक स्वस्थ्य सामाग्रीहरु प्रदान गरेको थियो ।
सिङगो मुलुक कोभिडबाट प्रभावित भइरहँदा राहतदेखि प्राय योजनाहरु ठुलो अनि घना बस्तीहरुतिर केन्द्रिकित भइरहँदा रोंया, नामर्जुङ र सेतीखोला जस्तो बस्तीहरु उपेक्षित भएको र त्यस क्षेत्रको जनताहरुले खासै राहत नपाइएकोले त्यसतर्फ ध्यान दिनुहुन त्यस ठाउँको युवा नेता लील गुरुङ र युवा ब्यवासायी सुरेन्द्र क्षेत्रीले नेपाली कांग्रेस मादी-२ (नामार्जुङ) समितीको म्यसेन्जर ग्रुप जानकारी गराए बापत देशबिदेशमा रहेका नेपाली काङग्रेसमा आस्था राख्नुहुने ताङतिङका अग्रजहरुले सहयोग रकम संकलन गरी राहत बितरण गरिएको थियो ।
राहत बितरणको लागि अग्रजहरुबाट जमाजम्मी चार लाख रुपैयाँ सहयोग रकम संकलन भएको थियो । बिशेष गरेर ताङतिङ समाज यूकेले ५० हजार, संयुक्त राष्ट्रसंघ (यूएन) अफ्रिकामा कार्यरत समाजसेवी तथा विद्वान जित गुरुङले सेतीखोला स्थित स्वास्थ्य चौकीको लागि एकतीस हजार बाराबरको स्वास्थ्य सामाग्री, ताङतिङ समाज यूकेको निबर्तमान अधक्ष्य तथा ताङतिङ गाउको स्कूलको भुपु शिक्षक केश गुरुङले त्यस क्षेत्रको जनताको लागि अक्सीमिटर र भिटामिन प्रायोजन गर्नुभएको थियो ।
राहत बितरण कार्यक्रमको संयोजन पुरानो घर सेतीखोला भइ हाल पोखरा निवासी निब्रित्त क्याप्टेन मेजर मन्त्री जङ गुरुङले गर्नुभएको थियो भने मादी गाउपालिका वडा न २ को अधक्ष्य एका जङ गुरुङ तथा मादी गाउ पालिका वडा न २ को नेपाली काङग्रेसका युवा नेता भोज बहादुर गुरुङको रहोबर र उपस्थितीमा राहत बितरण कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै नेपाली काङग्रेस कास्कीको १ नम्बर क्षेत्रिय सभापति बिर्जमान गुरुङ, मादी २ एकाइ अधक्ष्य गगनसिङ गुरुङ, भुपु प्रधानपञ्च देबी जङ गुरुङ, समाजसेवी तथा अग्रजहरु नर बहादुर गुरुङ, डमरजङ गुरुङ, गणेश गुरुङ, दिल बहादुर गुरुङ, बिन गुरुङ राहत बितरण कार्यक्रममा सहाभागी भइ सहयोग गर्नुभएको थियो । यस राहत बितरण कार्यक्रम सफल पार्नको लागि ताङतिङ समाज यूकेको अधक्ष्य उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङले बिशेष सहयोग गर्नुभएको थियो ।
स्मरण रहोस्- गत महिना संयुक्त राष्ट्रसंघ (यूएन) अफ्रिकामा कार्यरत समाजसेवी तथा विद्वान जित गुरुङको सहयोगमा ताङतिङका जनताहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु बितरण गरिएको थियो ।