ताङ्गतिङ्ग समाज युकेको बार्षिक भेला तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न

टाउ गुरुङ्ग
५ अगष्ट, २०१८

नर्टहोल्ट, लण्डन । गत मिति ४ अगष्ट २०१८ शनिबारको दिन, लण्डन नर्टहोल्ट स्थित नर्टहोल्ट भिलेज कम्युनिटी सेन्टरमा युकेको प्राय नेपाली समाजहरुले जस्तै ताङ्गतिङ्ग समाज युकेले पनि २०१८ सालको बार्षिक भेला तथा समर बिविक्यु विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । तमुधिं युकेद्वारा गत अप्रिल महिनामा आयोजित क्होला सोंथर (तमुहरुको उदगम स्थल) भ्रमणटोलीका सदस्यहरुलाई पुख्र्यौली गाउँ ताङ्गतिङ्गको भ्रमण गर्नुभएकोमा तमुधिं युकेको अध्यक्ष सहित ताङ्गतिङ्ग पुग्नुभएका सदस्यज्युहरुलाई खाता लगाई धन्यबाद तथा सम्मान ज्ञापन गरेको थियो । उक्त भ्रमण टोलीको प्राय सदस्यहरुले ताङ्गतिङ्गको पनि भ्रमण गर्नुभइ ताङ्गतिङ्ग युवा क्लबलाई आर्थिक सहयोग गर्नुभएको थियो । कार्याक्रममा विशेष अतिथिको रुपमा धर्म गुरु तथा तमु (गुरुङ्ग) लामा संघ नेपालको अध्यक्ष खेन्पो शीर लामा गुरुङ्गज्यु हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रुपमा नेपाल भुतपुर्ब सैनिक संघको उपाध्यक्ष श्री गर्ज गुरुङ्गज्यु हुनुहुन्थ्यो । कार्याक्रममा २०१८ सालमा तमुधिं युकेद्वारा आयोजित क्होला सोंथर भ्रमणटोलीका प्रमुख संयोजक श्री एकेन्द्र गुरुङ्गज्युले ताङ्गतिङ्ग गाउँ एउटा विविधताले भरिएको गुरुङ्ग गाउँ मध्ये एक भएको र अन्य गाउँहरु जस्तै ताङ्गतिङ्ग गाउँको पनि आफ्नो छुट्टै पहिचान र महत्व भएको कुरा बताउनु भयो । त्यस्तै गरि प्रमुख अतिथि श्री गर्ज गुरुङ्गज्युले ताङ्गतिङ्ग गाउँको मानिसहरुमा अरु गुरुङ्ग गाउँहरुको तुलनामा बढि राजनीतिक सचेतना रहेको कुरा सुनाउनु भयो । यसर्थमा कि यस गाउँमा भुपु सदस्य राष्ट्रिय पञ्चायत, भुपु सदस्य राष्ट्रिय सभा तथा भुपु सांसद देखि हाल मादी गाउँ पालिकाको अध्यक्ष यसै गाउँको रहेको र बेलायतमा गत मे महिनामा सम्पन्न स्थानीय चुनाबमा लण्डन बार्नेट बोरोघको काउन्सिलर पदमा पनि यसै गाउँको सुपुत्र बेलायती सेनाबाट निबृत्त समाजसेवी श्री लक्ष्य बहादुर गुरुङ्ग काउन्सिलर जस्तो गरिमामय पदमा निर्बाचित भएको छ त्यसैले यी सबै कुराहरुबाट के पुष्टि हुन्छ वा गर्दछ भने ताङ्गतिङ्ग गाउँको मानिसहरुमा राजनीतिक सचेतना प्रचुर मात्रमा रहेको छ ।

२०१८ सालमा ताङ्गतिङ्ग समाज युकेको लागि ज्यादै शुभ बर्ष भएको जानकारी गराउँदै यस बर्ष बेलायतमा सम्पन्न स्थानिय चुनाबमा लण्डन बार्नेट बोरोघको काउन्सिलर पदमा समाजको अध्यक्ष तथा समाजसेवी श्री लक्ष्य बहादुर गुरुङ्ग काउन्सिलर जस्तो गरिमामय पदमा निर्बाचित हुन सफल भएको छ, यस खुशीयालीमा समाजको तर्पmबाट उहाँलाई फेटा ओढाइ सम्मान तथा अभिनन्दन गरियो । त्यस्तै गरि समाजको अर्को बरिष्ठ सदस्य तथा सल्लाहकार श्री जीत ब. गुरुङ्गज्यु जो हाल संयुक्त राष्ट्र संघमा कार्यरत हुनुहुन्छ उहाँ पनि यसै बर्ष संयुक्त राष्ट्र संघको पी ५ तहको पदमा पदोन्नति भएकोमा उहाँलाई पनि फेटा ओढाइ विशेष बधाइ तथा सम्मान गरियो । सधैको बर्षहरुमा भैm यस बर्ष पनि समाजका ग्राड्युट सदस्यहरु, नयाँ घर वा सम्पति जोडन सफल सदस्यहरु, जागीरमा पदोन्नति सदस्यहरु, नव विवाहित, परिवारमा नयाँ सदस्यको जन्म वा आगमन तथा यसै बर्षमात्र युके आउनुभएका सदस्यज्युहरुलाई बधाइ, शुभकामाना तथा स्वागत दिइएको थियो । ग्राड्युट सदस्यहरुलाई बधाइ तथा शुभकामाना दिने क्रममा यसै बर्षमात्र लण्डन इम्पायरल कलेजबाट माइक्रो बायलोजीमा विद्यावारिधि गरेकी छात्रा इश्वरी (करिष्मा) गुरुङ्गलाई ( काउन्सिलर श्री लक्ष्य बहादुर गुरुङ्ग तथा श्रीमती शोभा गुरुङ्गको कान्छी सुपुत्री) विशेष बधाइ तथा शुभकामाना दिइयो ।

औपचारिक कार्यक्रमको सभापतित्व यसै समाजको अध्यक्ष तथा काउन्सिलर श्री लक्ष्य बहादुर गुरुङ्गज्युले गर्नुभएको थियो भने कार्यक्रमको संचालन यस समाजको सचिब श्री टाउ गुरुङ्गज्युले गर्नुभएको थियो ।